दफा ११
क्रार्यकारी परिषद्को गठन
(१) विश्वविद्यालयको कार्यकारी निकायको रुपमा काम गर्न एक कार्यकारी परिषद् रहनेछ ।
(२) कार्यकारी परिषद्को गठन देहाय बमोजिम हुनेछः- (क) अध्यक्ष संयोजक (ख) उपाध्यक्षहरू -सदस्य (ग) प्र्यक्षको सिफारिसमा विश्वविद्यालयका अध्यापकहरूमध्येबाट संरक्षक समितिले मनोनीत गरेका तीन जना “सदस्य (घ) गरी परिषद्मा दफा ५ को खण्ड (घ) बमोजिमका निकायको प्रमुखहरु मध्येबाट संरक्षक समितिले मनोनित सदस्य गरेका दुई जना (३) कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) विश्वविद्यालयको नीति, बार्षिक कार्यक्रम र बजेट, प्रगति विवरण, लेखा परीक्षण प्रतिवेदन र अन्य आवश्यक प्रस्ताव तयार गरी स्वीकृतिका लागि संरक्षक समितिमा पेश गर्ने,
(ख) विश्वविद्यालय सम्बन्धी नियमको मस्यौदा तयार गरी स्वीकृतिका लागि संरक्षक समिति समक्ष पेश गर्ने,
(ग) विश्वविधालयलाई आवश्यक पर्ने वित्तीय स्रोत जुटाउने,
(घ) अध्यापक, अनुसन्धानकर्ता तथा कर्मचारीको दरबन्दी स्वीकृतिका लागि संरक्षक समिति समक्ष पेश गर्ने,
(ङ) विश्वविधालयलाई आवश्यक पर्ने अध्यापक, अनुसन्धानकर्ता तथा कर्मचारी तोकिए बमोजिम नियुक्त गर्ने,
(च) शिक्षण र अन्य शुल्क निर्धारण गर्ने,
(छ) आवधिक रुपमा विश्वविद्यालयको कार्यसम्पादन मूल्याङ्कन गर्ने र सो सम्बन्धी प्रतिवेदन संरक्षक समितिमा पेश गर्ने,
(ज) तोकिए बमोजिमका अन्य कामहरू गर्ने, गराउने ।